शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

करेन्ट लागि १ जनाको मृत्यु

सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३ सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाँइते भइका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खबर