शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

आइतवार, फागुन २२, २०७८

२०७८ फाल्गुन २२/ सुनसरीको धरान उप(महानगरपालिका(१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका(६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका(१ पाँचथर घर भई हाल ईटहरी(५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो । यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाको पाख्रिवास(११ बाट प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर