शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु ७ जना घाईते

आइतवार, फागुन २२, २०७८

२०७८ फागुन २२/ ओखलढुंगाको सिद्दिचरण नगरपालिका(५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका (३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १(०२(००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।

सम्बन्धित खबर