बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महाभियोग सिफारिस समिति बनाउने सहमति

आइतवार, फागुन २२, २०७८

२०७८ फागुन २२/ प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिमा महाभियोग सिफारिस समिति बनाउने सहमति जुटेको छ । नयाँ बानेश्वरमा बसेको समिति बैठकले प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग प्रस्तावलाई अघि बढाउनका लागि सिफारिस समिति बनाउने सहमति जुटेको हो । दलहरुसँग नाम लिने र दलहरुको सिफारिसबाट आएको नाम समितिमा राख्ने समझदारी बनेको संसद् सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सिफारिस समिति गठन भएपछि छुट्टै कार्यविधि बन्ने र त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने पाण्डेले बताउनुभयो । त्यस्तै बैठकलाई सहज रुपमा अघि बढाउने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो । दलहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

सम्बन्धित खबर