बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिनिधिसभा बैठक

आइतवार, फागुन २२, २०७८

२०७८ फागुन २२ / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ’महाभियोग सिफारिस समिति’ गठन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।समितिमा एमालेका तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे , कृष्ण भक्त पोखरेल रहनुभएको छ । त्यस्तै कांग्रेसबाट मीन बहादुर विश्वकर्मा, राम बहादुर बिष्ट , माओवादी केन्द्रका तर्फबाट यसोदा सुवेदी, रेखा शर्मा रहनुभएको छ भने नेकपा एकीकृत समाजवादीका तर्फबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मिया र जसपाबाट प्रमोद साह रहनुभएको सभामुख अग्नी सापकोटाले जानकारी दिनुभयो ।बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ । त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि पढेर सुनाइएको छ । आइतबारको बैठकमा पनि एमाले सांसदहरुले नारावाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २९ गते आइतबार बोलाइएको छ ।

सम्बन्धित खबर