शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

महिला हिंसा बिरुद्धको तीन दिने तालिम

आइतवार, फागुन २२, २०७८

२०७८ फागुन २२ / नारी दिवसको अवसरमा नारी संचार गृह भापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं ९ को सहयोगमा महिला हिंसा बिरुद्धको तीन दिने तालिम आइतबार सम्पन्न भएको छ ।नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षता तथा १ नं। प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्कीले समाजमा हुने विभिन्न खोले हिंसाको अन्त्यका लागि महिलाहरू सचेत हुन जरुरी रहेको बताउनु भयो । वर्तमान अवस्थामा कानूनी बाध्यताले मात्रै महिला सहभागिता भइरहेको बताउँदै सांसद कार्कीले सशक्त सहभागीताका लागि क्षमता अभिबृद्धि गर्न सुझाव दिनुभयो । विकासका नाममा छुट्टिएको बजेटको ठूलो हिस्सा कागजी रुपमा मात्र विकास हुने गरेको उल्लेख गर्दै विकासमा हुने अनियमितता रोक्न पनि महिला सक्रियता जरुरी रहेको बताउनु भयो । राजनीति विना विकास असंभव भएपनि विकासमा राजनीति गर्नु नहुने बताउनु भयो । साथै आउदो स्थानीय चुनावमा ५० प्रतिशत महिलाहरुको सहभागिता हुनु पर्नेमा उहाँको जोड थियो ।बिशिष्ट अतिथि बिर्तामोड वडा नं ९ का वडा अध्यक्ष पवित्रा पाठकले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी महिलाहरुलाई सुभाव दिनुभयो ।कार्यक्रममा नेपाल प्रेस युनियन भापा अध्यक्ष तथा नारी संचार गृह भापाकी सल्लाहार ईन्दु पूर्वेली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।बिर्तामोड वडा नं ९ का विभिन्न टोल विकास समितिका ४५ जना महिलाहरु सहभागीता रहेको ३ दिने तालिममा संस्थाका अध्यक्ष शिवाकोटी, नेपाल पत्रकार महासंघ भापाका उपाध्यक्ष केशव भट्टराई र नारी संचार गृहकी सल्लहाकार तथा रेडियो बिराटकी प्रबन्ध निर्देशक लिला अनमोेलले सहजीकरण गरेका थिए ।संस्थाका उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको संचालन जोस्ना श्रेष्ठले गरेको सदस्य सुनिरा मैनालीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर