बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरु

शनिवार, फागुन २१, २०७८

२१ फाल्गुण २०७८/ झापाको दमकमा आज देखि प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ शुरु भएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस र ह्वाङह्वाङजी न्यू डायमण्ड स्पोर्टस क्लव विजयी बनेका छन् । नेपाल पुलिसले शसस्त्र प्रहरी बललाई सोझो ३ सेटमा हराएर विजयी बनेको हो । यस्तै वेष्ट अफ फाइभमा त्रिभूवन आर्मीलाई हराउँदै न्यूडायमण्डले विजय हात पारेको हो । राष्ट्रिय स्तरका ६ वटा क्लवबीच भईरहेको प्रतियोगिता दमक नगरपालिका खेलकुद समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुनेले २ लाख र दितीयले १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवनालाई २५ हजार नगद प्रदान गरिने उद्घाटन कार्याक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताउनु भयो ।भोली त्रिभूवन आर्मी र दमक भलिवल क्लव, शसस्त्र प्रहरी र प्रदेश नम्बर एक, दमक भलिवल र न्यू डायमण्ड तथा प्रदेश नम्बर एक र नेपाल प्रहरीको टीमबीच ४ वटा खेल हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खबर