शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

वडा अध्यक्ष मनोजको अर्को सफलता बृहत खाने पानी आयोजना निर्माण हुदै

शनिवार, फागुन २१, २०७८

२०७८ फागुन २१/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल (कार्की) को पहलमा वडामा बृहत खानेपानि आयोजना निर्माणको काम तिब्र रुपमा अगाडि बढेको छ । वडा नं. ६ को निपत्रिया भन्ने स्थानमा स्थानिय गौरीशंकर आधारभुत विद्यालयको स्वामित्वमा रहेको जमिन मध्ये वाट ७ कठ्ठा जमिन प्राप्त गरि सो प्लन्ट निर्माण हुँदै गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनु भयो । खानेपानि तथा सरसफाई डिविजन कार्यालय झापाका प्रमुख (डिई) सयन श्रेष्ठ का अनुसार दिपज्योती निर्माण शेवा कम्पनी ललितपुरले १ करोड २९ लाख १५ हजार सात सय २४ रुपैयाँमा ठेक्का परेर १८ महिना भित्र काम सम्पन्न गर्ने गरी तिब्र रुपमा कार्य अगाडि वढाएको छ । चालु आर्थिक वर्षमा सो प्लान्ट निर्माणका लागि रु २९ लाख मात्र वजेट विनियेजन भएको र नपुग थप रकम १ करोड का लागि संघ र प्रदेशमा माग गरिएको पनि प्रमुख श्रेष्ठले वताउनु भयो । १८ मिटर हाइटको पिलर निर्माण गरी त्य माथि ४ सय ५० घन मिटरका ओभर हेड ट्याङ्की निर्माण हुने आयोजनाको लागि कम्पाउण्ड वाल साथै अफिस भवन निर्माणको काम सम्पन्न भइसकेको प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित खबर