बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको विदाइ

शुक्रवार, फागुन २०, २०७८

२०७८ फागुन २०/ युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको विदाइ गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टीमलाई बिदाई गर्नुभयो । नेपाली टीम तत्काल भने श्रीलंकामा केहि अभ्यास खेलका लागि प्रस्थान गर्नेछ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ । त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ । विदाई कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रको बिकासका लागि सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो ।

उहाले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने बिधा खेल क्षेत्र नै भएको भन्दै यस क्षेत्रलाई बलियो बनाउदै अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले नेपाली टीमले राम्रो तयारी गरेको जानकारी दिनुभयो । यसअघि देखिएका कमी र कमजोरीलाई पनि सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उहाले बताउनुभयो । नेपाली टीमले श्रीलंकामा चार वटा अभ्यास खेल खेल्ने छ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्ने छ । युएईमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ ।

सम्बन्धित खबर