बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा टिएभीआई विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु

शुक्रवार, फागुन २०, २०७८

२०७८ फागुन २०/ नेपालमा पनि ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु भएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले जानकारी दिनुभयो । उक्त पद्धतीबारे जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकारीले नेपालमै पहिलो पटक फागुन १६ गते ८० वर्षकी महिलाको टिएभीआई विधिबाट सफल उपचार गरिएको बताउनुभयो । उक्त उपचार पद्धतीमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरबाट मानव निर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने उहाँले बताउनुभयो । बिरामीलाई बेहोस गरि छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्यक्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृत्युदर कम हुने अध्ययनले देखाएको उहाँको भनाइ छ । यो विधिबाट पहिलोपटक सन् २००२ मा फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतीबाट नियमित रुपमा उपचार हुँदै आएपनि नेपालमा यो प्रविधि भित्रिएको थिएन । स्थापनाकालमा ९ शैयाबाट सेवा सुरु गरेको यस केन्द्रमा हाल २३९ शैंयासहित सेवा दिई रहेको छ ।

सम्बन्धित खबर