
२०७८ फागुन २०/ पेट्रोलियम व्यवसायीहरुले वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले डिजेल, मर्मत, ज्याला, कर लगाएतको बिभिन्न शिर्षकमा अत्याधिक मूल्यबृद्धि भएको भन्दै पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग गरेको हो । त्यस्तै समितिले नेपालमा पेट्रोलियम ऐन नभएको भन्दै तत्काल उक्त ऐन बनाएर लागू गर्न पनि माग गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लीले बताउनुभयो ।

उहाले पेट्रोलियम डिलरहरूले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनअनुसार लागू गरिनुपर्ने पनि माग गरेको बताउनुभयो । आफुहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ