बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा कृषि उद्योगहरु धमाधम थपिदै

बुधवार, फागुन १८, २०७८

२०७८ फागुन १८/ झापामा पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत कृषि उद्योगहरु धमाधम संचालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहाने यूवाहरुले खोलेको फार्मले बार्षिक ५ हजार बढीलाई रोजगारी समेत दिएको छ । लामो कोरोना कहरले गर्दा प्रदेश नम्बर एकमै झापामा कृषि उद्योग तथा फार्म खोल्ने किसानको संख्या धेरै बढेको छ । जिल्लामा गएको बर्ष मात्र ३ हजार बढी कृषि उद्योग दर्ता भएका छन् । जसले ५ हजार भन्दा धेरैैमा रोजगारी सृजना भएको घरेलु तथा साना लघु उद्योग कार्यालय झापाका प्रमुख जयनारायण अधिकारीले बताउनु भयो । गत बर्ष पुरुषको तुलनामा महिलाहरुले धेरै उद्योग दर्ता गरेका छन् । महिलाहरुले लघु उद्यम संचालन गर्न थाले पछि रोजगारीसँगै आम्दानी समेत हुन थालेको उनीहरुले बताएका छन् । लामो समय विदेशमा बसेर फर्किएका यूवाहरुले यस बर्ष मात्रै १ हजार बढी उद्योग दर्ता गरेर संचालनमा ल्याएका छन् । गर्दा स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने भएकाले हाल आएर स्वदेशमै स्वरोजगारमुखी कृषि फार्म संचालन गर्न थालेको व्यवसायिक कृषि फार्म लागेका युवाहरुले बताएका छन् । ३ बर्ष देखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने यूवाहरुले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा संचालन गर्न थालेका छन् । जसले गर्दा स्थानीय स्तरमै रोजगारसँगै आम्दानी समेत गर्न थालेको उद्यमी यूवाहरुको भनाइ छ ।

सम्बन्धित खबर