बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

टी २० क्रिकेट प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु

बुधवार, फागुन १८, २०७८

२०७८ फागुन १८/ सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी २० क्रिकेट प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको छ । नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगिताको बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गर्नुभयो । प्रतियोगिता फागुन २६ गतेसम्म संचालन हुनेछ । कुल १२ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा खेलाइने छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ए मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब, समूह बी मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए रहेका छन् । यस्तै समूह सी मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर रहँदा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् । चारै समूहका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सवै खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछन् ।

सम्बन्धित खबर