बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सत्ता गठबन्धन कुनै हालतमा पनि टुट्ने संभावना छैन ।

बुधवार, फागुन १८, २०७८

२७८ फागुन १८/ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताउनुभएको छ । बुधबार बिराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकोले कुनै हालतमा पनि नटुट्ने बताउनुभएको हो । उहाले लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रुपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबी समेत गर्नुभयो । उहाँले मनमोहन अधिकारी प्रधानमंत्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिष्ट सरकारले जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा शुरु गरेको बताउनु भयो । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले शुरु गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना जेष्ठ नागरिकहरुलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ ।

सम्बन्धित खबर