बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चिल्लो नियन्त्रणका लागि सरकारले चालेको कदमको स्वागत

सोमवार, फागुन १६, २०७८

२०७८ फागुन १६/ नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले अति खराव चिल्लो नियन्त्रणका लागि सरकारले चालेको कदमको स्वागत गरेको छ । प्रतिष्ठानले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रिपरिषद्बाट नसर्ने रोगहरुको नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१–२५ स्वीकृृत भएको र यसले अति खराव चिल्लो नियन्त्रण तर्फ चाल्ने कदमको ढोका खोलेका जनाएको हो । कार्ययोजनामा खाद्य पदार्थहरुबाट औधोगिक ट्रान्स फ्याट अर्थात अति खराव चिल्लोको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य सन २०२३ सम्ममाा लागू गर्ने उल्लेख रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नीति कार्यक्रमको कार्यान्वयनको सफलताका लागि बिभिन्न कानूनी प्रावधानहरु तर्जुमा हुनुपर्ने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण पनि गराएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले अति खराव चिल्लो नियन्त्रणका लागि सरकारले चालेका कदममा प्रतिष्ठानको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सरोकारवालाहरुले नेपालमा अति खराव चिल्लोको मात्रा जाँच्ने प्रयोगशाला र जनशक्तिको कमि रहेको भन्दै यसतर्फ स्म्बन्धीत निकायको ध्यान जानुपर्ने बताएका छन् । अति खराव चिल्लोका कारण विश्वमा बर्षेनि ५ लाख भन्दा बढि मानिसहरुको मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खबर