बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी शुद्ध विकास परियोजना, सवै भ्रमहरुको अन्त्य

सोमवार, फागुन १६, २०७८

२०७८ फागुन १६/ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यससम्बन्धीत सवै भ्रम अन्त्य भएको जनाएको छ । सोमबार सानेपास्थीत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी शुद्ध विकास परियोजना भएकोले आगामी दिनमा पनि अवरोध आएमा कांग्रेस त्यस्ता भ्रम चिर्न लागिरहने बताउनुभयो । उहाले गठबन्धनमा रहेका सबै दलका साथै नेकपा एमालेको समेत सहयोग भएको दावी गर्नुभयो । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण प्रस्तुतिकै कारण एमसीसी पारित भएको उहाले बताउनुभयो । सदनबाट पारित भएसंगै एमसीसी परियोजना अब चाँडै लागूतर्फ लागेको उहाको भनाई छ । प्रवक्ता महतले एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको धारणा राख्नुभयो । उहाले एमसीसी नेपाल र नेपाली नागरिकको हितमा रहेका दोहाराउनुभयो ।

सम्बन्धित खबर