बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि सरकारलाई दियो २४ बुँदे निर्देशन

सोमवार, फागुन १६, २०७८

२०७८ फागुन १६/ निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका लागि सरकारलाई २४ बुँदे निर्देशन दिएको छ । सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै आवश्यक कर्मचारीको व्यवस्थाका साथै सुरक्षा लगाएतका २४ बुदे निर्देशन दिएको जानकारी दिएको हो । चैत १५ गतेअघि नै संघ परदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न निर्देशन दिएको उहाले बताउनुभयो । त्यस्तै त्यस्तै आयोगले मत्रपत्र छपाईका लागि आवश्यक पर्ने ७ सय मेट्रिक टन कागज खरिदका लागि सम्झौता गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ८० वटा दलले दर्ता गराएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर