बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा एफसीले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गर्यो

आइतवार, फागुन १५, २०७८

२०७८ फागुन १५/ नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरेको छ । झापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका सदस्य अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । मिडफिल्डर अन्जन र झापाका महासचिव सुजन गौतमले सझौता पत्रमा हस्ताक्षर गरे । झापाले अन्जनलाई मार्की खेलाडी मध्ये अहिलेसम्मकै सर्वाधिक रकममा अनुबन्ध गरिएको जनाएको छ । सम्झौतापछि बोल्दै अन्जनले क्लबको सोचबाट प्रभावित भएर आफुले झापा रोजेको बताए । क्लबका महासचिव गौतमले नेपाली फुटबलका उत्कृष्ट खेलाडी रहेकाले अन्जनलाई अनुबन्ध गरिएको बताए । झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ । पहिलो संस्करणमा अन्जनले ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।

सम्बन्धित खबर