बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड चैत ८ गते काठमाडौंमा आयोजना हुने

आइतवार, फागुन १५, २०७८

२०७८ फागुन १५/ एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड चैत ८ गते काठमाडौंमा आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै १८ औं संस्करणको स्पोर्टस अवार्डको मिति सार्वजनीक गरेको हो । एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरुलाई यो वर्ष सम्मानित गर्ने जनाएको छ । एक दशक अघिका उत्कृष्ट खेलाडीहरु यस पटक दशक अवार्डका लागि मनोनित हुनेछन् । सर्वोत्कष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी ८ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ । अवार्डका लागि एनएसजेएफको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य गरिरहेको मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने उहाले बताउनुभयो । यस वर्षपनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयासहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्डका लागि एनएसजेएफका अध्यक्ष सुवेदीको अध्यक्षतामा अवार्ड मूल आयोजक समिति तथा सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ ।

सम्बन्धित खबर