बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य

आइतवार, फागुन १५, २०७८

२०७८ फागुन १५/ जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले अनुदान सम्झौताबारे कसैले पनि आपत्ति जनाउनुपर्र्ने अवस्था नरहेको बताउनुभयो । उहाँले २०६६ सालदेखि पछाडिका सबै प्रधानमन्त्रीले एमसिसी सम्झौताको दायित्व लिनुपर्ने बताउनुभयो । उहाले नेपालको विकासका लागि आएको सामान्य अनुदान सम्झौतालाई जानेर÷नजानेर गिजोलिएको बताउनुभयो । समयमै एमसिसी सम्झौतालाई अनुमोदन गरेर जनुपर्नेमा भूल भएको उल्लेख गर्दै उहाँले सम्झौताका बारेमा जनतालाई सत्यतथ्य जानकारी दिन ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले भूराजनीतिलाई ध्यान दिँदै एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । विकासका लागि बजार, श्रम, पूँजी र प्रविधि चाहिने भन्दै उहाँले नेपाललाई अहिले पूँजी र प्रविधि जरुरी रहेको बताउनुभयो । त्यस्तै कांग्रेस नेता डा मिनेन्द्र रिजालले व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने बताउनुभयो । नेपाल एमसीसी सम्झौता गर्ने एक्लो देश नभएको भन्दै विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग स्वीकार गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसदको गतिरोध अन्त्य गर्न र जिम्मेवाररूपमा प्रस्तुत हुनसमेत आग्रह गर्नुभयो ।

सम्बन्धित खबर