बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबलाई

शनिवार, फागुन १४, २०७८

२०७८ फागुन १४/ मछिन्द्र फुटबल क्लबले अपराजित रहदै कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काए । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्यो । उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ । त्यस्तै मछिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट बनेका उनले नगद ३ लाख प्राप्त गरे । फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । ७ गोल गरेका उनले गोल्डेन बल र नगद २ लाख प्राप्त गरे । यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए । आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित भए । उनले १ लाख ५० हजार प्राप्त गरे । फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले जितेको छ । बिजेता टोलीलाई अर्थमन्त्री जनार्दन शर्मा लगाएतले पुरस्कार प्रदान गरे ।

सम्बन्धित खबर