बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दुर्गा प्रसाईलाई झापा क्षेत्र नम्बर २ को संघिय सांसदको उमेद्वार बनाउनु पर्ने भन्दै युवाहरुले बुझाए ध्यानाकर्षण पत्र

शनिवार, फागुन १४, २०७८

२०७८ फागुन १४/ अर्जुनधाराका स्थानिय युवाहरुले झापाको विएण्डसि टिचिङ हस्पिटलका सञ्चालक दुर्गा प्रसाईलाई झापा क्षेत्र नम्बर २ को संघिय सांसदको उमेद्वार बनाउनु पर्ने भन्दै एमाले जिल्ला पार्टी कार्यालय बिर्तामोडमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले नेकपा एमाले केन्द्रिय कार्यालय काठमाण्डौलाई सम्वोधन गर्दै झापामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । १सय ५० जना युवाहरुको समुहले अर्जुनधारा नगरपालिका ३ मा रहेको सुखानी क्षेत्रवाट मोटरसाइकल ट्याम्पो, बस लगायत वाट र्याली सहित विर्तामोड नगर परिक्रमा गर्दै जिल्ला पार्टी कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

स्थानि निर्वाचन तत्काल आएको उल्लेख गर्दै उच्च विचारको समाज सेवी तथा विकास प्रेमीको नाममा युवाहरुले ल्याएको ध्यानाकर्षण पत्र वुझ्दै नेकपा एमाले जिल्ला पाटि कार्यालयका कार्यालय सचिव छविलाल विकले कार्यालयले प्राप्त गरेको ध्यानाकर्षण पत्र केन्द्रिय कार्यालयमा पठाइने वताउनु भयो ।

नेकपा एमालेको पुरानो इतिहाँस संझदै साहदत प्राप्त ज्ञात अज्ञात सहिदहरुको सपना साकार पार्नकै लागि पनि हस्पिटल सञ्चालक तथा नेकपा एमाले केन्द्रिय सदस्य प्रसाईलाई झापा क्षेत्र नं. २ वाट संघिय संसदको टिकट दिइनु पर्ने युवाहरुको माग छ ।

आम जनताको माग दुर्गा प्रसाई भएको उल्लेख गर्दै अभियान सञ्चालक पुर्ण कुमार योङ्हाँङले दुर्गा प्रसाईले विकासको दृष्टिकोण वाट समाजमा धेरै राम्रा कामहरु गरेको साथै स्वास्थ्य मात्र हैन शैक्षिक क्षेत्रमा समेत योगदान गरेको हुँदा नेतृत्वको लागि पाटि कार्यालयहरुमा ध्यानाकर्षण पत्र वुझाएको वताउनु भयो । समाजमा दुर्गा प्रसाईले गरेको योगदानको उच्च मुल्याङ्कन हुनु पर्ने माग राख्दै केन्द्रिय कार्यालयलाई संवोधन गरेको ध्यानाकर्षण पत्रको वोधार्थ अर्जुनधारा नगर पाटि कार्यालय साथै जिल्ला पाटि कार्यालय झापालाई समेत बुझाएको छ ।

पाटिलाई ध्यानाकर्षण पत्र वुझाउन आएका युवाहरुलाई सम्वोधन गर्दै वि एण्ड सि टिचिङ हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले आफुले झापा क्षेत्र नं. २ मा राम्रो लगानि गरेको साथै विद्यालय, मण्दिर लगायतमा लगानि गरेको हुँदा आफुले संसद भए नभए पनि समाज रुपान्तरणमा लागि पर्ने वताउनु भयो ।

सम्बन्धित खबर