बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एमालेले बल्ल गर्यो निर्वाचन आयोगमा दल दर्ता

शुक्रवार, फागुन १३, २०७८

२०७८ फागुन १३/ नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताउनभयो । उहाले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिनुभयो । पोखरेलले अहिले सरकार परिवर्तन गर्ने पक्षमा आफुहरु नरहेको भन्दै लोकतन्त्रलाई सहि बाटोमा हिडाउनका लागि एमाले प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ । अहिलेसम्म ४० वटा दल दर्ताका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसअघि दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनका लागि पुन दल दर्ता गर्नुपर्ने उहाको भनाई छ । आयोगले स्थानीय तह निर्वाचनको तयारी पनि तीव्र रुपमा भइरहेको जनाएको छ ।

सम्बन्धित खबर