बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार, फागुन १३, २०७८

२०७८ फागुन १३/ नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ४ सय ५८ संक्रमित निको भएका छन् । हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित आइशालेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर