बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

उद्योग वाणिज्य संघमा यामनाथ काफ्लेको टिमको लोकप्रियता वढ्दै

शुक्रवार, फागुन १३, २०७८

२०७८ फागुन १३/ शिवसताक्षी उद्योग वाणिज्य संघमा यामनाथ काफ्लेको टिम जित सुनिश्चितताको आधार वलियो वन्दै गएको छ । वाणिज्य संघको आसन्न निर्वाचनमा नगरपालिका भित्र रहेर लामो समय देखि ब्यवसायीक यात्रासँगै समाजसेवामा समर्पित, आम ब्यवसायिको हितमा सदैव लागि पर्ने, कुशल ब्यक्तित्व यामनाथ काफ्लेले अध्यक्ष पदका लागि उमेद्वारी दिने निश्चय भएसँगै उहाँका सुभचिन्तकहरुको सकारात्मक सहयोग वढ्दै गएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. १ कुञ्जिवारीमा हार्डवेयर ब्यवसाय सञ्चालन गरिरहनु भएका ब्यवसायि वलराम थपलियाले उद्योग वाणिज्य संघ शिवसताक्षीमा यामनाथ काफ्लेको टिमको आवश्यकता रहेको वताउनु भयो । विगतको निर्वाचनमा स्वतन्त्र रुपमा उमेद्वारी दिनुभएका काफ्लेले ६ मतले मात्र पराजय भोग्नुभएको उल्लेख गर्दै आगामि फागुन १८ गते सम्पन्न हुने निर्वाचनमा भारी मतकासाथ विजय हुने विश्वास ब्यक्त गर्नु भयो । काफ्लेको मिजासिलो स्वभावको ब्यक्तिको संध्या दिदै उहाँले थप्नु भयो यस पटक शिवसताक्षी उद्योग वाणिज्य संघमा यामनाथ काफ्लेको टिमकै आवश्यकता रहेको छ । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्ज निवासी शिवगञ्ज बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मिलन कुमार ढुंगानाले शिवसताक्षी उद्योग वाणिज्य संघमा यामनाथ काफ्लेको आवश्यकता खड्किएको वताउनु भयो । उहाँले वाणिज्य संघलाई चलायमान वनाउदै ब्यवसायिहरुको हितमा बिबेकपुर्ण रुपमा काम गर्ने क्षमता काफ्लेमा भएको चर्चा गर्दै उहाँ उच्च कोटिको उमेद्वार रहेको वताउनु भयो । सञ्चार मञ्चसँग कुराकानि गर्दै पुर्व शिक्षक तथा पुर्व प्ययाब्सन जिल्ला अध्यक्ष समेत वनिसक्नु भएका ढुंगानाले काफ्लेसँग वाणिज्य सघको संमृद्धि गराउँदै मजवुत वनाउने भिजन भएका कारण शिवसताक्षी उद्योग वाणिज्य संघको सेवा क्षेत्र भित्रका आम मतदातालाई कसैको गुलियो वचनमा नभुल्लिन समेत आग्रह गर्दै यामनाथ काफ्ले र उहाँको सिंगो टिमलाई मतदान गर्न समेत आग्रह गर्नु भयो । काफ्लेको भिजनको चर्चा गर्दै उहाँले थप्नु भयो यामनाथ काफ्ले एकलैले जितेर सोच अनुसारको काम गर्न अफ्ठ्याराहरु आइलाग्ने र भिजन अनुसारको काम गर्न संभव नहुने हुँदा प्यानललाइनै विजय गराउनु पर्ने धारणा राख्नु भयो ।

सम्बन्धित खबर