बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली काङ्ग्रेस झापा क्षेत्र नं. २ क र बिर्तामोड नगरपालिका ५ नं. वडा समितिले संगठन बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिहिवार, फागुन १२, २०७८

२०७८ फागुन १२/ नेपाली काङ्ग्रेस झापा क्षेत्र नं. २ क र बिर्तामोड नगरपालिका ५ नं. वडा समितिले संगठन बिस्तार सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।
टोल समितिका पदाधिकारी, वडा समितिका पदाधिकारी÷सदस्य, क्षेत्रीय प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको सांगठनिक अवस्था, विस्तारका लागि गर्नुपर्ने कार्यका बारेमा समीक्षा गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव एवं प्रमुख अतिथि कृष्ण हुमागाईंले राष्ट्रको विकास र जनताको समृद्धिका लागि मित्रराष्ट्रहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । एमसिसि सम्झौतामा के छ ? भन्ने कुरा अक्षरशः पढ्नेहरु यसको पक्षमा रहेको बताउँदै सचिव हुमागाईले एमसिसि राष्ट्रहितमा रहेको दावी गर्नुभयो । ‘देशका दुई ठूला पार्टीहरु कांग्रेस र एमाले एमसिसिको पक्षमा छन्’ भन्नुहुँदै सचिव हुमागाईले मुख्य राजनीतिक दलका सबै नेताले आफू सत्तामा रहँदा एमसिसि अनुमोदन प्रक्रिया अघि बढाएकाले सम्झौता संसदबाटै पास हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, नेपाली कांग्रेस झापाका सदस्य पुष्पलाल चौधरी, विर्तामोड नगर सभापति भोजराज सिटौला, हर्कलाल गिरी, युवराज प्रसाई लगायत विर्तामोड नगरपालिका–५ का १० वटा टोल समितिका संयोजकहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–५ का सभापति दिपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्र नं–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । खगेन्द्र प्रसाईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन गंगा चुडालले गर्नुभएको थियो ।

सम्बन्धित खबर