बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सदनलाई सहज रुपमा अघि बढाउनका लागि बिभिन्न दलका नेताहरुसंग छलफल जारी

बिहिवार, फागुन १२, २०७८

२०७८ फागुन १२/ सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि बिभिन्न दलका नेताहरुसंग छलफल भइरहेको बताउनुभएको छ । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खाँणले सरकार सदन सुचारु गराउन चाहने भन्दै यसका लागि छलफल भइरहेको बताउनुभएको हो । उहाले सदनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पु¥याउने गरी कोसिस भइरहेको जानकारी दिनुभयो । उहाले सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
त्यस्तै एमाले नेता योगेश भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको पनि बताउनुभयो । एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको जिकिर गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठले एमसीसीलाइ जवरजस्त अघि बढाउन नहुने र यसका लागि सदनलाई सूचारु गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै सुझाव दिएको उहाले बताउनुभयो ।

सम्बन्धित खबर