बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन

बुधवार, फागुन ११, २०७८

२०७८ फागुन ११/ संसदीय समितिले काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रिया पूर्व तयारीको कार्य सम्पन्न नगरि सुरु गरेको र कानून सम्मत नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थ बिबरण सात दिनभित्र समितिमा पेश गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो । त्यस्तै बैठकले फाल्गुन २६ र २७ गते काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिनाका लाथि थप गर्ने निर्णय गरेको उहाले बताउनुभयो । बैठकमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । उहाले आयोजनामा देखिएका अन्य समस्या समाधानका लागि मातहतका मन्त्रालयसंग समन्वय भइरहेको जानकारी दिनुभयो । त्यस्तै समिति सदस्यहरुले आयोजनामा देखिएका समस्याहरुलाइ समाधान गर्दै तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । २०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने तयारी सेनाको छ ।

सम्बन्धित खबर