बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्षमा यामनाथ काफ्लेको उमेद्वारी, के छन त जित्ने आधार ?

बुधवार, फागुन ११, २०७८

२०७८ फागुन ११/ झापा शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा शिवसताक्षी नगरपालिकामा रहेर लामो अनुभव बटुल्नु भएका यामनाथ काफ्लेले अध्यक्ष पदका लागि उमेद्वारी दिने हुनु भएको छ । संयुक्त गठबन्धको साझा उमेद्वार वन्नु भएका काफ्ले समाज सेवाको क्षेत्रमा निक्कै अगाडि हुनुहुन्छ । एमालेको तर्फ वाट एकल उम्मेद्वार खडा गरे पछि काफ्लेको पक्ष बलियो देखिएको छ । अध्यक्ष पदमा दुई उमेद्वारको कडा प्रतिश्पर्धा हुने भएको छ । चुनावमा संयुक्त गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै कम्जोर लडाई लड्ने भएको हो । नेकपा एमालेका तर्फबाट झापा शिवगञ्जका रामनरेश शाहले उम्मेद्वारी दिने जनाइएको छ । नेकपा एमालेले शिवताक्षीले रामनरेश शाहलाई अध्यक्ष बनाउने घोषणा गरेको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीका तर्फबाट शिवसताक्षी दूधे निवासी काफ्ले खाद्य भण्डारका प्रोपाइटर मृदुभाषी, समाजेवी तथा ब्यवसायीका ढुकढुकी यामनाथ काफ्लेलाई अध्यक्ष बनाउने घोषणा गरेका छन् । गठबन्धनको समर्थन पाउनुभएका काफ्ले लोकतान्त्रिक प्रगतिशिल व्यवसायिक समूहका उम्मेद्वार हुनुन्छ । काफ्लेले विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरि संस्थागत विकासको राम्रो ज्ञान हाँसिल गर्नुभएको छ । उहाँ लायन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडन्ड समेत हुनुहुन्छ । २०४० साल वाट सविक शिवगञ्ज गा.वि.स. वडा नं. ९ को ब्याङ्डाँडामा ब्यवसायिक कर्मको थालनि गर्नुभएका काफ्ले २०५२ साल देखी दुधे वजारमा काफ्ले खाद्यान्न भण्डार सञ्चालन गरिरहनु भएको छ । विगतमा ताप्लेजुङमा भएको आगलागिको समयमा नेपाल रेडक्रस सोसाइटीको रोहवरमा खाद्यान्न रहत सहयोग गर्नुभएका काफ्ले राज्य पुनरसंरचना हुनु पुर्व शतासिधाम उद्योग वाणिज्य संघको पदाधिकारी सदस्य वन्नु भएको थियो भने २०५५ सालमा शिवगञ्ज उद्योग वाणिज्य संघको कार्यसमिती सदस्य वन्नु भएको थियो । आदर्श बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष वनिसक्नु भएका काफ्ले सतासिधाम मण्दिर विकास समितीको उपाध्यक्ष पदमा रहेर धार्मिक पर्यटन क्षेत्रमा समेत योगदान पुर्याउनु भएको छ । हाल एन एम सि बहुउध्येश्य सहकारी संस्था दुधे शाखाको कार्यगत समिती सदस्य रहनु भएको छ भने सामाजिक सेवामा सदैव समर्पित हुनुहुन्छ । शिवसताक्षी नगर त्रिका सम्पुर्ण उद्योगी, ब्यापारीहरुको हितमा रहेर कार्य गर्नु भएका काफ्लेले आफु निर्वाचित भए पछि आम उद्योगी, ब्यापारीको हितमा सदैव वकालत गर्ने काफ्लेले सञ्चार मञ्चसँग वताउनु भयो । आफु एक्लैले जितेर मात्र उद्योगि, ब्यापारीको हितमा काम गर्न गाह्रो हुने वताउँदै आफ्नो टिम अर्थात प्यानललाईनै मतदान गरिदिन आम मतदातालाई अनुरोध समेत गर्नु भयो ।

काफ्लेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा नरेश कुमार मिश्र, उद्योग उपाध्यक्षमा सुवोद कुमार शाह, वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद खरेल, महासचिव टंकप्रसाद मैनाली, उद्योग सचिव योगेश्वर बराल, वाणिज्य सचिव मेनुका बाँस्तोला सिटौला, कोषाध्यक्षमा खनिमाया श्रेष्ठले उमेद्वारी दिने निश्चित भएको छ । त्यस्तै खुल्ला सदस्यतर्फ मोहबहादुर कार्की, मुक्ति गुरागाईँ, कमल सेन्चुरी, केशवकुमार राजवंशी, शिवकुमार विमली, धनकुमार ढकाल, सावित्रा कार्की, महिला सदस्यहरु सुनिता लिम्बु, गणेश कुमारी ढकालले उमेद्वारी दिने संयुक्त गठबन्धनले जनाएको छ । उद्योग वाणिज्य संघको चुनामा भोट दिने मतदाता संख्या १२७१ रहेको छ भने शिवसताक्षी उद्योग वाणिज्य संघले ४ वर्षे कार्यकालको नेतृत्वका लागि फागुन १८ गते चुनावको मिति तय गरेको बताएको छ ।

सम्बन्धित खबर