बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भ्रम र घृणा फैलाउने कम्युनिष्ट स्कुलिङ्गले गर्दा अन्तर्राष्ट्रिय जगतमा प्रश्न उठ्यो

बुधवार, फागुन ११, २०७८

२०७८ फागुन ११/ नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले लोकतन्त्रवादी शासन प्रणाली भएका मुलुकसँग अनुदान सहयोग लिने र तिनै मित्र राष्ट्रका बिरुद्ध भ्रम र घृणा फैलाउने कम्युनिष्ट स्कुलिङ्गले गर्दा नेपाल राष्ट्रको बिश्वस्नियतामाथि अन्तर्राष्ट्रिय जगतमा प्रश्न उठिरहेको बताउनु भएको छ। राष्ट्र र जनताको हितभन्दा लोकतन्त्रवादी मित्र राष्ट्रहरुको पर निन्दा, परघृणाको आडमा नक्कली राष्ट्रवादको रोटी सेक्ने नेपालको कम्युनिष्ट फर्मुलाले राष्ट्रको उन्नति हुन नसक्ने सचिव हुमागाईको धारणा थियो । नेपाली काङ्ग्रेस झापा अर्जुनधारा –४ नं वडा समितिद्वारा आयोजित तरुण दल गठन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा पार्टी नीति, बिचार, सिद्धान्त, कार्यक्रम, पार्टी अनुशान, उद्देश्य, संघर्षका बिभिन्न कालखण्डमा काङ्ग्रेसले देश र आन्दोलनको नेतृत्व गर्दै राजनैतिक परिवर्तन गरेको गौरवमय इतिहासका बारेमा तरुण दलका कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो । अर्जुनधारा नगरपालिका ४ नं वडाका तरुणहरुको भेलाले संकर न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय नेपाल तरुण दल वडा समिति गठन गरेको छ । समितिको उप सभापतिमा रिजेश खडका र अर्जुन गुरागाई, सचिवमा बिशाल थापा र सुरेन आङ्दाम्बे, सह–सचिवमा किरण लिम्बु र संजय राजबन्शीसहित ५१ सदस्य रहेका छन् । वडा सभापति खेम काफ्लेको सभापतित्वमा भएको सो कार्यक्रममा नगर सभापति हेमराज खरेल, २ न. क्षेत्रीय सचिव रामबाबु धिमाल, तरुण सभापति संकर न्यौपाने लगायतले

सम्बन्धित खबर