बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने

बुधवार, फागुन ११, २०७८

२०७८ फागुन ११/ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने पनि बताउनुभयो । एमसीसी देशको हितमा भएको उल्लेख गर्दै सवै दल एकमत भएर यसलाई पारित गर्नुपर्ने उहाले बताउनुभयो । साक्षात्कारमा एमाले नेता कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गर्नुभयो ।

अहिलेको सरकारले सदनमा पेश गरेका कुनैपनि विजनेशहरु सरकारमा सहभागी भएका दलहरु नै बढि जिम्मेवार हुने उहाको भनाई छ । उहाले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर कडा आपत्ति जनाउनुभयो । त्यस्तै माओवादी नेता सांसद झक्कु सुवेदीले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने बताउनुभयो ।

एमसीसीलाई लिएर आफूहरु र कांग्रेसको एजेण्डा नमिलेको पनि उहाले धारणा राख्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पार्नुभयो । झाले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै पूर्वाधार क्षेत्रमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर