बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मछिन्द्रको संघर्षपूर्ण जीत

शनिवार, फागुन ७, २०७८

२०७८ फागुन ७/ सहिद स्मारक ए डिभिजन लिगमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले संघर्षपूर्ण जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरेका हुन् । सुजलले खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गरेका हुन् । जितसँगै शीर्ष स्थानको मछिन्द्र १२ खेलमा ३२ अंक जोडेको छ । थ्री स्टारले १२ खेलमा १८ अंक जोडेको छ । थ्री स्टार अंक तालिकाको चौंथो स्थानमा छ । यसअघि शनिवारै दिउँसो भएको खेलमा फ्रेन्डस्सँग पराजित भएपछि चयासल रेलिगेसन जोनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भएको हो । च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो । च्यासल २०७३ सालमा ए डिभिजनमा बढुवा भएको थियो । जितसँगै फ्रेन्ड्सले भने १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर