सोमवार, साउन ७, २०८१
Sancharmanch

नेपालमा थप ३ सय ५० जनामा कारोना पुष्टि

शनिवार, फागुन ७, २०७८

२०७८ फागुन ७/ नेपालमा थप ३ सय ५० जनामा कारोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३८ पिसिआर परिक्षणका क्रममा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ७२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५० हजार ५६ जना निको भएका छन् । हाल नेपालमा १३ हजार ३ सय ५७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर