बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राप्रपा, नेपालका अध्यक्ष कमल थापा अव सहि बाटोमा हिड्ने

शनिवार, फागुन ७, २०७८

२०७८ फागुन ७/ राप्रपा, नेपालका अध्यक्ष कमल थापाले बिगत पाँच बर्षमा आफुले बाटो बिराएको भन्दै अव सहि बाटोमा हिड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा राप्रपा, नेपाल घोषणा गर्दै थापाले बिगत पाँच बर्षको अलमलमा पार्टीको चूनाव चिन्ह, आफ्नो पहिचान गुमाएकाले अव त्यस्तै गल्ती नगर्ने बताउनुभयो । राप्रपा, नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भूल भएको उहाको भनाई छ । उहाले बिगतमा गरेका गल्तीका निमित माफी समेत माग्नुभयो ।

राप्रपा, नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति नभई जनताकेन्द्रित राजनीतिक गर्ने उहाले बताउनुभयो । कार्यक्रममा अध्यक्ष थापाले आफुले राप्रपा विभाजन नगरेको दावी पनि गर्नुभयो । राप्रपालाई कानुनी रूपमा नै विभाजन गर्न केही नेताले सुझाव दिँदा पनि आफूले त्यसो गर्न नचाहेको उहाले बताउनुभयो । उहाले मुलुकमा बामगठबन्धन हावी भएको भन्दै मुलुकलाई निकास दिन राप्रपा नेपाल उचित बिकल्प हुने धारणा पनि राख्नुभयो । उहाले रापपाको नया नेतृत्व सैद्धान्तिक रूपमा विचलित, संगठनात्मक रूपमा गलत प्रवृतिमा लागेको भन्दै आफु अलग भएको बताउनुभयो ।

सम्बन्धित खबर