बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राजेन्द्र लिङ्देनद्वारा मुलुकलाई निकास दिने काम आफ्नो पार्टीले मात्र गर्न सक्ने दाबी

शुक्रवार, फागुन ६, २०७८

२०७८ फागुन ६/ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिने काम आफ्नो पार्टीले मात्र गर्न सक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई राप्रपा प्रवेश गराउदै अध्यक्ष लिङ्देनले यथास्थीतिलाई अन्त्य गर्दै मुलुकलाई निकास दिन अहिलेका मुख्य भनिएका कांग्रेस एमाले माओवादीको बिकल्प राप्रपा भएको बताउनुभएको हो । अहिले मुलुक बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुँदा पनि राजनीतिक दलहरु गम्भीर हुन नसकेको उहाले बताउनुभयो । अध्यक्ष लिङ्देनले ३१ बर्षको इतिहासमा कांग्रेस , एमाले नै सत्तामा बसेको भन्दै झगडा गरेजस्तो देखाएर उनीहरुले मुलुकलाई लुटिरहेको धारणा राख्नुभयो । त्यस्तै उहाले राप्रपाको एकता महाधिवेशनपछि ध्रुविकरण पैदा भएको भन्दै राजनीतिलाई पेशा व्यवसाय गर्नेहरु पार्टीबाट अलग भएको आरोप लगाउनुभयो । अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाहीको अभियानले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको भन्दै प्रसंसा गर्नुभयो । राप्रपा प्रवेश गरेका शाहीलाई राप्रपाको केन्द्रीय सदस्य मनोनित गर्दै पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ ।

सम्बन्धित खबर