बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध

बुधवार, फागुन ४, २०७८

२०७८ फागुन ४/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । संसदीय मर्यादा कायम गर भन्दै उनीहरुले सभामुखको भूमिकाको बिरोध गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । सभामुख सापकोटाले संसद्मा विचाराधीन विषयहरु रहेकाले छलफलका लागि सदन सञ्चालनमा व्यवधान नगर्न पनि आग्रह गर्नुभयो । सभामुखको आग्रहपछि पनि एमाले सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाएको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । यस्तै बैठकले कांग्रेसका संविधानसभा सदस्य जगत बहादुर ताजपुरीया , २०५९ सालमा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य लक्ष्मीदास मानन्धर र एमालेकै तर्फबाट संविधानसभा सदस्य डाक्टर दुमन सिंहथापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा एमसीसी अघि बढाउने सरकारको तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन ६ गते शुक्रबार बोलाइएको छ ।

सम्बन्धित खबर