बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

बुधवार, फागुन ४, २०७८

२०७८ फागुन ४/ नेपालमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७ सय ८२ पिसिआर परिक्षणका क्रममा ५ सय ४८ जना र २ हजार ९ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १२ हजार ५ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५ जनाको मृत्यु भएको छ । त्यस्तै थप १६ सय संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार २ सय ५१ जना सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर