शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

नेपाल बार एसोसियसनले रोकेन बिरोध प्रदर्शन

मङ्गलवार, फागुन ३, २०७८

२०७८ फागुन ३/ न्यायलयको शुद्धिकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि बिरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा बिरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादीत प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित बिरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभामा महाभियोगमाथिको प्रस्तावमाथि छिटो छलफल हुनुपर्ने र उचित निस्कने विश्वास गरेको बताउनभयो । न्यायपालीकाको पहरेदारको भूमिका बारले निभाएको भन्दै उहाले आागमी दिनमा पनि न्यायलयको सुद्धिकरणका लागि निरन्तर कार्यक्रम गर्ने बताउनुभयो । उहाले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबर