बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सिन्धुपाल्चोकमा निशुल्क स्वास्थ्य सामाग्री बितरण

आइतवार, फागुन १, २०७८

२०७८ फागुन १/ नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा निशुल्क स्वास्थ्य सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं १ अन्तर्गत बाह्रबिसेमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले “पहिला जनता बचाऔं, राजनीति पछि गरौंला“ भन्ने नाराका साथ स्वास्थ्य सामाग्री बितरण गर्नुभएको हो । बाह्रबिसे नगरपालिका, लिसंखुपाखर गाउँपालिका, भोटेकोसी गाउँपालिका, त्रीपुरासुन्दरी गाउँपालिका लगायतका पालिका अन्तर्गत पर्ने सम्पुर्ण घरपरिवार, बस्ती, स्कुल, कलेज, राष्ट्रसेवक कर्मचारी लगायत माझ पुग्ने गरि पारासिटामोल तथा मास्क हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिनुभयो । उहाले निशुल्क बितरणका लागि ठूलो परिमाणमा पारासिटामोल लगायत स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । अहिले जनताको जीवन रक्षा गर्ने र समस्या बुझ्ने पार्टी कांग्रेस मात्रै भएको उहाले बताउनुभयो । कार्यक्रममा माओवार र एमालेका कार्यकर्ताहरुलाई नेता बस्नेतले कांग्रेस प्रवेश गराउनुभएको थियो ।

सम्बन्धित खबर