बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एसोसियसनले प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गर्यो

आइतवार, फागुन १, २०७८

२०७८ फागुन १/ नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गर्नुभयो । उहाले प्रधानन्यायधिश मात्रै नभई अन्य न्यायधिशलाई पनि बिचौलियाको काम रोक्दै आफुमा सुधार गर्न सुझाव दिनुभयो । न्यायपालीका सुधार भए अन्य बिषयलाई सुधार गर्न सकिने उहाको भनाई छ । श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालीकाको सुधारका लािग भएको भन्दै प्रधानन्यायधिशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधिशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्वीत प्रधानन्यायधिश भएको बताउनुभयो । उहाले अर्को प्रधानन्यायधिशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो । त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।

सम्बन्धित खबर