बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

आइतवार, फागुन १, २०७८

२०७८ फागुन १/ सत्तारुढ कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेपछि २१ बुँदे कारणसहित महाभियोग लगाउनुपरेको प्रस्तावक गुरुङले बताउनुभयो । प्रधानन्याधिशमा कार्यक्षमता अभाव देखिएको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र न्यायिक सम्पादनमा क्षमता अभाव देखिएकाले महाअभियोग प्रस्ताव दर्ता गरिएको जानकारी दिनुभयो । न्याय दिने ठाउँ निरन्तर रूपमा उहाँको कारणले अवरुद्ध रहेकाले महाभियोगको कदम चाल्नु परेको उहाले बताउनुभयो । नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता गरिएको गुरुङको भनाई छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उहा पदबाट स्वतः निलम्बनमा पर्नुभएको छ । संसदीय प्रक्रियामा महाअभियोगको प्रस्ताव छलफलमा हुने उक्त छलफलपछि छानविन समिति बनाएर बयानका लागि बोलाउने प्रावधान रहेको छ ।

सम्बन्धित खबर