बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको छ

आइतवार, फागुन १, २०७८

२०७८ फागुन १/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताउनुभएको छ । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताउनुएको हो । उहाले अहिलेको गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको भन्दै कुनै एउटा खास परियोजनाका लािग गठबन्धन नगरिएको स्पष्ट पार्नुभयो ।

उहाले गठबन्धन जुन मुल्य र मान्यतामा रहेर गठबन्धन बनाइएको हो त्यसैमा जनता समेत दृढ रहेको जिकिर गर्नुभयो । प्रचण्डले प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले भनेअनुसार पछि सारिए पनि आरोप आफूमाथि लगाइएको गुनासो गर्नुभयो । उहाले माओवादी नेतृत्व र नेताहरुलाई बदनाम गराउने षडयन्त्र अनुसार आफूमाथि आरोप लगाइएको जिकिर गर्नुभयो । प्रचण्डले अहिलेको अवस्थामा जनयुद्धको महत्व स्थापीत हुँदै गएको धारणा राख्नुभयो । कार्यक्रममा सिन्धुलीका दिर्घ राज श्रेष्ठलाई माओवादीमा प्रवेश गराएको थियो ।

सम्बन्धित खबर