बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडाको वजेट वाट विपन्नको स्वास्थ्य विमा गर्दै युवा वडा अध्यक्ष मनोज

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले वडाका विपन्न परिवारको स्वास्थ्य विमा गराइदिनु भएको छ । प्रति परिवार रु ३ हजार वडा वाट उपलब्ध गराएर गरिएको विपन्न परिवारको स्वास्थ्य विमाको लागि विमितले रु ५ सय मात्र तिर्नु परेको स्थानिय चन्द्री रिसिदेवले वताउनु भयो ।

स्वास्थ्य विमा वाट धेरै लाभ लिन सकिने वताउँदै वडा अध्यक्ष खुलालले विपन्न परिवारको जिवन रक्षा गरिदिएको शिवगञ्ज पुरानो वजारकी स्वास्थ्य विमा कार्यैक्रम वाट लाभान्वित स्थानिय सुशिला रिसिदेवले वताउनु भयो ।

सानो तिनो एक–दुई सय लाग्ने विराम हुँदा स्थानिय मेडिकलमै उपचार गर्ने गरेको वताउँदै वढि खर्च लाग्ने भए स्वास्थ्य विमाको सदुपयोग गर्ने वताउनु हुन्छ विमावाट लाभान्वित स्थानिय सुशिला रिखियासन ।

आँखामा समस्या भएको वताउँदै स्वास्थ्य विमा मार्फत उपचार गर्न विर्तामोड आइ हस्पिटल जाने तयारिमा रहेको शिवगञ्ज पुरानो वजारकी स्थानिय तथा विमा सेवा लिनु भएकी रेनुका उप्रेतीले वताउनु भयो ।

परिवारमा विरामी हुँदा स्वास्थ्य चौकिमा उपचारको लागि जाँदा ओपिडिको टिकट काट्न गोजिमा १० रुपैयाँ नभएको विगत संझदै स्वास्थ्य विमा मार्फत वडा अध्यक्षले आफ्नो लागि ठुलो सहयोग गरेको शिवगञ्ज पुरानो वजारकी विमा वाट लाभान्वित स्थानिय राधिका महतोले वताउनु भयो ।

आफु कुनै पनि राजनितिक दल निकट नभएको वताउँदै वडा अध्यक्ष मनोज खुलाल कार्कीले विपन्न परिवारको विमा गराउने कार्यक्रम ल्याएर वास्तविक विपन्न परिवारको जिवन रक्षा गरिदिएको स्वास्थ्य विमा अभिकर्ता तारा भट्टराई (मैनाली)ले वताउनु भयो ।

विपन्न परवारको स्वास्थ्य विमा अत्यावश्यक भएका कारण वडाको कार्यक्रम मार्फत सवोधन गरेर समेटिएको वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई वताउनु हुन्छ । विपन्न परिवारका लागि अत्यावश्यक भएका कारण वडा वाटै विमा गरिदिएको वताउँदै वडा अध्यक्षसँग आफ्नो पाटि नमिले पनि उहाँको सोच र भिजन साँच्चैनै वडाको नेतृत्व भन्दा माथि रहेको वडा सदस्य बद्रीनाथ खनालले वताउनु भयो, वडाले विपन्न परिवारलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अर्कि वडा सदस्य उषादेबि खड्काले वताउनु भयो । आफु दलित परिवार वाट वडामा नेतृत्व गरेको वताउँदै वडाका हरेक योजना तथा कार्यक्रममा वडा अध्यक्षको सोच निक्कै अब्बल हुनेगरेको वडा सदस्य नरमाया परियारले वताउनु भयो ।

सम्बन्धित खबर