शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सारेगमप लिटिल च्याम्स नेपाल’पहिलो सिजनकी विजेता कृपा पौडेललाई भब्य स्वागत

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको विजेता कृपा पौडेललाई विर्तामोड उद्योग वाणिज्य संघले स्वागत सम्मान गरेको छ । प्रतियोगितामा सहभागी ३५ हजार प्रतिष्पर्र्धीलाई पछि पार्दै विजेता बन्न सफल कृपालाई संघले आज शनिबार स्वागत सम्मान गरेको हो । संघका महासचिव अर्जुन मैनाली , बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , निर्वमान अध्यक्ष कुमार भट्टराई लगायतले खादा सहित सम्मानपत्रद्वारा कृपालाई सम्मान गर्नुभएको थियो । संघका अध्यक्ष प्रकाश शिवाकोटीको अनुपस्थितमा बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नैनकला भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भट्टराईले शुभकामना मनतब्य राखेको कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए । सम्मानित कृपाको सम्मानपत्र कुशल खतिवडाले वाचन गर्नु भएको थियो ।

सम्बन्धित खबर