बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलीत पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्तमोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रुपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् । देशमा भ्रष्टचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीतिक दलहरुले नेपाली जनतामा खुसी ल्याउन नसकेको भन्दै एलायन्सको घोषणा गरिएको एलायन्सका अध्यक्ष सिबी गहतराजले बताउनुभयो । साथै, एलायन्स अहिले विद्यमान नेकपा (एमाले), नेकपा माओवादी र नेपाली काँग्रेसको वैकल्पीक शक्तिको रुपमा आउने उहाको दाबी थियो ।

उहाले निर्वाचन आयोगले साना दलहरुलाई स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने कानुन रहेको भन्दै उक्त ऐनलाई यथाशिघ्र खारेज गर्न माग गर्नुभयो । उक्त ऐनको विरुद्धमा आफुहरुले सर्वोच्च अदातलमा मुद्दा हाल्न लागेको पनि जानकारी दिनुभयो । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले नेपालमा राजनीतिक संस्कारको विकास नै नभएको भन्दै राजनीतिक संस्कारको विकास गर्नको लागि आफूहरुले एलायन्सको आवश्यकत्ता देखेर गठन गरेको बताउनुभयो । गणतान्त्रिक संयुक्त मोर्चा नेपालका संयोजक सुशिल राजवंशीले एलायन्स सरकारमा जानको लागि नभएर जनताको आवस्यकत्ता पूरा गर्न बनेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबर