बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने जानकारी दिनुभयो । त्यस्तै उहाले पार्टीको पदाधिकारी चयन छिटै हुने बताउनुभयो । मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको उल्लेख गर्नुभयो । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्ने उहाको भनाई छ । मन्त्री पौडेलले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताउनुभयो । शिक्षक सेवा आयोगलाई क्रियाशिल बनाईएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उहाले बताउनुभयो । मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेबित्तिकै छलफलको लागि पठाउने पनि जानकारी दिनुभयो ।

सम्बन्धित खबर