बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

देउवा,पुष्पकमल दाहाल ‘प्रचण्ड, र माधवकुमार नेपालबीच भेट वार्ता

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका साथै संसद बैठकका बिषयमा छलफल भएको बताइएको छ । एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन नेताबीच छलफल भएको हो । कांग्रेसले एमसीसीलाई संसदमा छलफल गरेर अनुमोदन गर्नुपर्ने पक्षमा छ भने माओवादी र नेकपा समाजवादी एमसीसी संशोधन गरेर अघि बढाउनुपर्ने पक्षमा छ । एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । एमसीसीका बिषयमा विवाद हुँदा संसद बैठक समेत फाल्गुन २ गतेसम्मका लागि स्थगीत भएको छ ।

सम्बन्धित खबर