शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सुनाकाठीबाट हराएको मूर्ति फेला

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ ललितपुरको सुनाकाठीबाट हराएको बालकुमारीको मूर्ति फेला परेको छ । मूर्ति भेटिएसँगै स्थानीयवासीले खुसीयाली मनाएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार आज बिहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेउमा उक्त मूर्ति फेला पारिएको हो ।

प्रहरी उपरीक्षक पोखरेलले चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको देखिएको बताउनुभयो । उहाँका अनुसार बिहान पूजा गर्न जाँदा एक महिलाले मूर्ति देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । उहाले छिटो भन्दा छिटो मूर्ति चोरीमा संलग्नलाई पक्राउ गर्ने बताउनुभयो बिहान १० बजे उक्त मूर्तिलाई गुठीका प्रतिनिधिको रोहवरमा प्रहरीले हस्तान्तरण गरेको थियो । सो क्रममा उर्जा मन्त्री पम्फा भूसालले आस्थाको केन्द्रलाई सवैले सम्मान गर्नुपर्नै बताउनुभयो ।

त्यसपछि स्थानीयवासीले मूर्ति फेला पारेको उपलक्ष्यमा बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पुनःस्थापनका लागि सुनाकाठी लगेका छन् ।यही माघ ८ गते उक्त मूर्ति हराएको थियो । पित्तलबाट बनेको उक्त मूर्ति दुई फिट अग्लो छ ।

सम्बन्धित खबर