बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दुध उत्पादकले मूल्य वृद्धि गर्ने घोषणा

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ दुध उत्पादकले दूधको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले सरकारले बढाएको मूल्य अमान्य हुने भन्दै दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका हुन् । सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकिने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । उहाले किसानले डीडीसीलाई दुध बेच्न निरुत्साहित हुने गरी डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने पनि बताउनुभयो । उहाले सरकारले बढाएको मूल्य व्यहारिक नभएको धारणा राख्नुभयो ।

आफुहरुले राखेको बिषयमा सरकार मौन रहेको भन्दै मूल्य वृद्धि गर्न बाध्य भएको उहााको भनाई छ । नयाँ मूल्यअनुसार निजी उद्योगबाट उत्पादन हुने १ लिटर दुध किन्नका लागि ८६ रुपैयाँ तिर्नुपर्ने छ । उनीहरुले किसानबाट प्रतिलिटर ६२ रुपैयाँमा किन्नेछन् । डीडीसीले भने लिटरको उपभोक्ता मूल्य ८५ रुपैयाँ र किसानलाई दिने मूल्य ६० रुपैयाँ तोकेको छ । डीडीसीले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाएको थियो । निजी उद्योगले भने १० रुपैयाँ बढाएका हुन् ।

सम्बन्धित खबर