बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानविन गर्न सरकारलाई निर्देशन

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक खण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न स्वीकृत दिनेमाथि १५ छानविन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । त्यस्तै बैठकले छिमेकी राष्ट्रहरुबाट नेपाल प्रवेश गर्ने ठुला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमता भन्दा बढी मालवस्तुहरु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परिक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका क्रममा देखिएका भुक्तानी समस्या समाधान गर्न पनि निर्देशन दिएको उहाले बताउनुभयो ।बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवले मुआव्जाका बिषयमा समय देखिदा आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताउनुभयो ।

मुलुक संघीयतामा गइसकेपछि सडक निर्माणका बिषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा समस्या हुने गरेको उहाको भनाई छ । त्यस्तै सांसदहरुले आयोजनाहरु सम्पन्न नहुँदा लागत बढेको भन्दै राज्यले गम्भीर भएर देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताए ।

सम्बन्धित खबर